Saturday 20th of July 2024

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक ७ र ८ गते

0 Shares

काठमाडौं : यो वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आउँदो कात्तिक ७ र ८ गते सञ्चालन हुने भएको छ ।

नियमित तालिका अनुसार कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको कार्यक्रम यो वर्ष सो मितिमा बडादसैँ परेका कारण सारिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिँदै आएको छ । त्यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषकतत्व बालभिटा समेत लक्षित जिल्लाहरूमा वितरण गर्दै आएको छ ।

प्रतिक्रिया