Thursday 18th of July 2024

प्रदेश २ : पसलमा विद्युत सर्ट भएर आगलागी, करोडौंको क्षति

0 Shares

जनकपुर : जनकपुरको एक कपडा पसलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । रामानन्द चोकबाट पूर्व अस्पताल रोडमा पर्ने महारानी वस्त्रालयमा विद्युत तार सर्ट भएर आगो लागेको हो ।

मंगलबार मध्यान्ह १२ बजेको समयमा विद्युत तार सर्ट भएर पसलमा आगो लागेको वस्त्रालय सञ्चालक उमाकान्त चौधरीले बताए ।

उनले भने, ‘करिब १२ बजे वस्त्रालयको सटर खोलेर पूजा गर्न संकटमोचन मन्दिर गएर फर्केर आउँदा वस्त्रालयमा आगो लागिसकेको थियो ।’

बारुण यन्त्रको सहयोगमा स्थानीयले आगलागी नियन्त्रणमा लिएका छन् । आगलागीबाट पसलमा रहेको सबै कपडा र फर्निचर समानसमेत जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले आगलगीबाट करिब २ करोडको क्षति भएको पीडितले दावी गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया