Thursday 18th of July 2024

धनुषाबाट दुई जना पक्राउ

0 Shares

ढल्केवर : धुनाषाबाट चारीको मोटरसाईकलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–६ सोनीगामाका १९ वर्षीय मम्ताज मन्सुरी र २० वर्षीय रमेशकुमार महरा रहेको प्रहरीले जानकारी दिए ।

दुवैजनालाई मंगलवार बिहान १० बजे धनुषाको गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारस्थित रहेको स्थानीय वर्कसपमा विक्री गर्न खोजीरहेको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए ।

स्थानीय बेचन मुखियाको घरबाट दुवैले मंगलबार राति प्र.२–०२–००२प–००८५ नम्बरको मोटरसाइकल चोरी गरेको थियो ।

पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसति चोरी मुद्दामा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको सुवेदीको भनाइ छ ।

प्रतिक्रिया