Saturday 20th of July 2024

मेसु झा भन्छन् छिन्नमस्ता अस्पतालका गुन्डाहरुले उत्पात मचाए, गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकहरु सुरक्षाको माग गर्दै सडकमा

0 Shares

राम नारायण यादव, राजविराज। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिडेन्ट डाक्टर रंजित झाले स्पस्टिकरण मागेकोे विषयलाई लिएर अहिले अस्पतालका केही चिक्तिसक र मेसु बीच बिवाद उत्पद भएको छ ।

हिजो बिहीबार दुबै समुहले छुट्टा–छुट्टै ठाउँमा पत्रकार सम्मलेनको अयोगना गरी घटनाको बारेमा जानकारी गराएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेसु झाले स्पस्टिकरण सोधेको विषयलाई लिएर आफूलाई ज्यान मार्ने प्रयास भएको पत्रकार सम्मेलनमा बताए । उनले भने राति ११ बजेको समयमा अस्पताल भित्र रहेको आवाशमा केही गुन्डाहरु आएर कोठाको ढोका दोडफोड गरेका छन् । समयमा प्रहरी आएको भन्दै मानविय क्षति नभएको उनले बताए ।

यता गजेन्द्रनारायण सिंह अस्पताल ईमरजेन्सी प्रमुख डाक्टर अजय चौधरीले मेसु डाक्टर झाले बिरामीको कुरुवाकै अगाडि आपूmहरुलाई मनोवल घटाउने काम गर्नुका साथै बिना कारण पत्र काटेर स्पटिकरण माग गरेको विषयमा प्रमुख संग गुनासो गरेको विषयलाई प्रमुख झाले ईस्यू बनाएको डाक्टर चौधरीले पत्रकार सम्मेलनमा बताए ।

डाक्टरहरुको विवाद यसरी

राजविराज स्थित छिन्नमस्ता अस्पतालमा समेत कार्यरत रहेका डाक्टर ज्ञानेन्द्र झाको बिहेको वर्षगाठको अवसरमा भोजको आयोजना गरियो । यसरी नै गजेन्द्रनारायण सिंह अस्पतालका सुपरिडेन्ट डाक्टर रंजित झाद्वारा संचालित निजी क्लिनीकको वर्षगाठको अवसरमा पनि भोजको आयोजना गरिएको थियो । भोज खाएर फकर्ने क्रममा दुबै पक्षको जम्काभेट हुँदा तनाव बढेको बुझिएको छ ।

बुधवार राति करिब ११ बजे तिर गजेन्द्र नारायण सिंह अस्पतालको चिक्तिसक आवाश क्षेत्र केही बेरका लागि रनयुद्धमा परिणत हुन पुग्यो । सोही घटनाालाई ढाकछोप गर्न बिहीबार राजविराजमा चिकित्सकहरुको दुवै समुहले छुट्टा–छुट्टै पत्रकार सम्मेलन गरी एक पक्षले अर्का पक्ष माथि आरोप प्रतिरोप लगाउन शुरु गरेको छ । एकातिर केही डाक्टरको नेतृत्व अस्पतालका प्रमुखले गरेका छन् भने अर्को तिर छिन्नमस्ता अस्पतालमा कार्यरत चिक्तिसकहरुको नेतृत्व गजेन्द्र नारायण सिंह अस्पतालको ईमरजेन्सीको प्रमुख समेत रहेका डाक्टर अजय चौधरीले गरेका छन् ।

उनले यस अघि पनि रातिको समयमा जाडँ रक्सी खाएर प्रमुख झाले अस्पतालमा कार्यरत चिक्तिसकहरुलाई गालि गलोज गर्ने गरेको र इमरजेन्सीमा कार्यरत डाक्टर जितेन्द्र यादवलाई कुटपिट गरेको घटना पनि लुकाएर राखिएको थियो तर विवाद उत्पन भए पछि बल कुटपिटको घटनाको बारेमा पत्रकार सम्मेलनमा लगाए ।

सोही पत्रकार सम्मेलनमा अस्पतालको बारेमा बोल्दै डाक्टर दिनेश उप्रेतीले अस्पतालमा भएको उपकरणहरुको प्रयोग गर्न आग्रह गर्दा प्रमुख झा बेवास्ता गरेको र आपूmहरुले बिरामीलाई बढि समय दिएर स्वास्थ्य जाँच गर्ने गरेका कारण डाक्टर झा आपूmहरुमा खनिएको आरोप लगाए ।

तर गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डाक्टर झाले अस्पताल भर्ना पूर्जा काटकुट गरेको बिषय बारे इमरजेन्सी प्रमुख डाक्टर चौधरीसंग बुझन खोजे पछि उनी डियुटी नै आउँन छाडेपछि स्पटिकरण सोधिएको र सोहि विषयलाई लिएर आपूm उपर आक्रमण गर्न खोजेको डाक्टर झाले बताए ।

छिन्नमस्ता अस्पतालका कार्यरत चिक्तिसक, कर्मचारी र औषधी पसले सहित केही गु्न्डा आफ्नो निवासमा आएर आक्रमण गरे पछि प्रहरीको सहयोगमा बाच्न सफल भएको डाक्टर झाले दाबी गरे । अस्पतालको डियुटी अवधिमा अन्य अस्पतालमा नबस्न निर्देशन दिएपछि छिन्नमस्ता अस्पतालमा समेत कार्यरत रहेका डाक्टर ज्ञानेन्द्र झा सहितको सहयोगमा आपूm उपर आक्रमण गर्न खोजिएको डाक्टर झाको आरोप लगाए ।

छिन्नमस्ता अस्पतालमा बिरामीको चाप बढाउन सरकारी अस्पतालमा रहेको सिटी स्कयान, अलट्रा साउण्ड लागयतका मेसीनहरु बिग्रान खोजेको आरोप उनले लगाए ।

यसै बीच चिक्तिसकहरुको सुरक्षा र चिक्तिसक उपर आक्रमण गर्ने गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डाक्टर झा सहित घटनामा संलगनहरुलाई पक्राउ गरी कार्वाहीको माग गर्दै इमरजेन्सी प्रमुख डाक्टर चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन् ।

घटनाको पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर प्रसाद साहले घटनाबारे दुबै पक्षले आ–आफने अनुुसारको दाबी गरे पनि घटनाको थप अनुसंधान भइरहेकोे जानकारी दिए ।

प्रतिक्रिया