Saturday 20th of July 2024

प्रदेश २ मा भयंकर दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

0 Shares

जनकपुरधाम : प्रदेश २ को धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको घटनास्थलमै मृत्यु भएको छ ।

ज ९ प १९८२ नम्बरको मोटरसाइकलमा सवार भइ औरही गाउँपालिकाबाट जनकपुर आउँदै गर्दा अनियन्त्रित भएर भोइल भन्ने ठाउँमा नहरमा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा तीनैजना सवार युवकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मृतक मध्ये लाइसेन्स भएका जनकपुरधाम उपमहानगरपालिका ११ का २१ का कुनाल कुमार साहको सननखत भएको छ । दुइजनाको परिचय खुलेको छैन । घटना विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए ।

तीनजना सवार भएर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया