
काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)ले त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामीमाथि कारबाही गरेको छ ।
बागमती विरुद्धको खेलमा अभद्र व्यवहार गरेको आरोपमा त्रिभुवन आर्मीका सोमपाल कारबाहीमा परेका हुन् ।
बागमती विरुद्धको खेलमा कामीले गाली गरेको हुँदा अम्पायरले रिपोर्ट गरेपछि छानबिनको क्रममा दोषी पाइएको नेपाल क्रिकेट संघले जनाएको छ ।
सोमपाललाई खेलाडी संहिताको धारा २.३ अनुसार लेभल १ को दोषी पाइएपछि एक अङ्क घटाउनुका साथै चेताबनी दिइएको क्यानले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को खेलाडी आचार संहिताको धारा २.३ ले खेलको क्रममा खेलाडीले अभिब्यक्त गर्ने भाषाबारे उल्लेख गरेको छ ।
मेयर्स कप क्रिकेटको बागमती र त्रिभुवन आर्मी क्लबबीचको स्पर्धामा म्याच रेफ्री रहेका समीर खानले कारबाहीबारे जानकारी गराएका छन् ।
प्रतिक्रिया