Thursday 18th of July 2024

व्यवसायीलाई कुटपिट गर्ने चार जना पक्राउ

0 Shares

सिरहा : सिरहाको लहान नगरपालिका ५ स्थित नयाँ बजारका गिलेसन कोठा खाली गराउने क्रममा व्यवसायीलाई कुटपिट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही वडाका सञ्जय साह, संतोष पंडित, लक्ष्मी पासमान र इसराइल सिद्धिकी रहेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डाक्टर तपनकुमार दाहालले जानकारी गराए। उनीहरुमा बुधबार अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरिएको उनले बताए। पक्राउ परेकाहरु मेयर मुनि साहको समर्थकहरु हुन्।

नयाँ बजारको पुरानो १० वटा गिलेसन कोठा मंगलबार नगरपालिकाले बल प्रयोग गरी खाली गराएको थियो। जेसिबी लगाएर कोठाहरु भत्काएपछि व्यवसायीको सरसामान पनि बाहिर निकाल्न पाएका थिएनन्। सरसामान बचाउने क्रममा नगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको थियो। सोही मौकामा आरोपितले व्यवसायीलाई लठ्ठीले कुटपिट गरेको व्यवसायीहरुको आरोप छ।

कुटपिटको केही भिडियो सार्वजानिक भएका छन्। जसमा नगर प्रहरीसहित मेयर साहको चालक, स्वकीय सचिव, नगरपालिकाका कर्मचारीहरु पनि लठ्ठीले व्यवसायीलाई हिर्काएको देखिएको छ। कुटपिटबाट घाइते भएका उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया