Thursday 18th of July 2024

ढल्केवरबाट गाँजासहित एक महिला पक्राउ

0 Shares

जनकपुरधाम : धनुषाबाट एक महिला अवैध लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुर घर भइ मिथिला नगरपालिका–६ ढल्केवरमा डेरा गरी बस्दै आएकी ३५ वर्षीया सुरेखादेवी यादव रहेकी छिन् ।

लागुऔषध गाँजा र अनाधिकृत रुपमा विक्री वितरण गरिरहेको ठुलो परिमाणको औषधिसहित बुधवार महिलालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताउनुभयो । गत बुधबार दिउँसो लागुऔषध विक्री वितरण गरिरहेको विशेष सूचनाको आधारमा यादवले डेरा गरी बस्दै आएको घरको खानतलासी गर्दा १६० ग्राम गाँजा र अबैध रुपमा राखिएको ठूलो परिमाणमा औषधि बरामद भएको छ ।

प्रहरी निरीक्षक सुवेदीका अनुसार उनको डेराबाट स्पासमो १० पीस, भोमिन १२९ पीस, प्रेगआउट किट ८० पीस, कफट्याड–डी २१० पीस, स्पासपेन १८० पीस र ट्रुपेन २२ सय २० पीस औषधि बरामद भएको छ ।बरामद भएको औषधिहरु घरको खानतलासी गर्दा खाटमुनी अबैध रुपमा रोखेको अवस्थामा भेटिएको थियोे भने सबै औषधिलाई औषध व्यवस्था विभागमा पठाउने तयारी रहेको छ ।

प्रहरीको नियन्त्रणमा रहेकी यादवको साथबाट लागुऔषध गाँजासमेत बरामद भएकोले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाइने भएको छ ।

प्रतिक्रिया