0
Shares
![](https://i0.wp.com/rupantaranonline.com/wp-content/uploads/2021/10/tractor-durghatna.jpg?fit=728%2C405&ssl=1)
महोत्तरी : धनुषाको लक्ष्मीनियाँमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा लक्ष्मीनिया गाउँपालिका-२ मा भएको दुर्घटनामा मोटरसाइकल चालक लक्ष्मीनिया गाउँपालिका-१ का ४५ वर्षीय जुगेश्वर साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । ज २ त ९२८ नम्बरको ट्याक्टर र ज११प ८००७ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे आपसमा ठोक्किएका थिए ।
ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीचौकी लक्ष्मीनियाँले जनाएको छ ।