Saturday 20th of July 2024

प्रदेश २ : मेयरका छोरा झुण्डिएको अवस्थामा फेला

0 Shares

सर्लाही : सर्लाहीको मलंगवा नगरपालिकाका मेयरका छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मेयर निर्शल साहका जेठा छोरा नन्दु साह आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

नन्दु बरहथवा नगरपालिका–८ टाडीस्थित आफ्नै घरको भुँइतलाको कोठाको पंखाको डण्डीमा गम्छाले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालयका बरथहवाका प्रमुख नायब उपरीक्षक उद्धव सिंहले जानकारी दिए ।

झुण्डिएको अवस्थामा परिवारले देखेपछि तत्कालै पासो काटी उपचारको लागि हरिवनस्थित सरस्वती अस्पतालमा पुर्याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेको डीएसपी भाटले बताए ।

नन्दु इँट्टा भट्टा र काठको मिल सञ्चालन गरी बरहथवा–८ टाडीमा बसोवास गर्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा रहेकाले घटना त्यस्तो शंकास्पद नरहेको उनको भनाइ छ ।

४२ वर्षीय नन्दु अत्यन्तै मिलनसार र सहयोगी रहेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया