Saturday 20th of July 2024

मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको विरोधमा जसपाले मसाल जुलुस निकाल्ने

0 Shares

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार साँझ जसपा प्रदेश २ मधेश कमिटीले एक विज्ञप्ती जारी गर्दै आजदेखि आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रम अन्तर्गत आज साँझ प्रदेश २ को आठवटै जिल्लाको सदरमुकाममा मसाल जुलुस र भोलि आइतबार सदरमुकामहरुमा प्रदर्शन गर्ने जसपाले जनाएको छ ।

केन्द्रिय कार्यालयबाट आएको अख्तियारको टोलिले गत बुधबार दिउँसो मुख्यमन्त्री कर्यालयमा छापा मारेको थियो । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत भएको साइकल खरिदको कागजात अख्तियारले लगेको थियो ।

लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाले आपति समेत जनाएको छ ।

प्रतिक्रिया