Tuesday 21st of January 2025

भोज खान गएका शहिदको १८ दिनपछि शव फेला

0 Shares

बारा ः बाराको जितपुरसिमरा उपमहानगरपालिका–१० मा शहीद हुसेन घरबाट हराएको १८ दिनपछि कुहिएको अवस्थामा शव फेला परेका छन् ।

आफ्नै गाउँमा फागुन ११ गते विवाह भोज खान गएका १४ वर्षीय शहीदको शव शुक्रबार बिहान गाउँमै उद्योगको कालो छाईमा गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जानकारी दिए ।

परिवारका सदस्यले शव शहिदको भएको दाबी गरेको छ । तर, प्रहरीले भने शव सडिसकेकाले पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले बताए ।

शहिदका मामा तथा जितपुरसिमरा–२३ वडा सदस्य कैयुमुदिन अन्सारीले पाइन्ट ,गन्जी र अन्य सामान हेर्दा शव शहिदको भएको बताए । प्रहरीले कपडा र चप्पलबाट शव शहिदको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान नभएसम्म केही भन्न नसकिने बताएको छ । थप अनुसन्धानका लागि कुकुर प्रयोग गरिएको पनि बताएको छ ।

उनको खोजीका लागि परिवारले बारा, पर्सा, रौतहट र चितवन प्रहरीलाई जानकारी गराएको थियो । बिहान खेतमा काम गर्न जाने क्रममा स्थानीय महिलाले शव देखेर गाउँलेहरूलाई जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया