Thursday 18th of July 2024

गौशालाका नगर सुनचाँदी व्यवसाय संघले गरे दुई प्रहरी निरीक्षकलाई सम्मान ।।

0 Shares

गौशाला नगरपालिकाको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याल र सशस्त्र वेशक्याम्पका सशस्त्र प्रहरी निरीक्षक सन्तोष थापालाई सम्मान गरिएको छ । शनिबार गौशाला न.पा. स्थित आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गरी वस्याल तथा थापालाई दोसल्ला, फुलको माला लगाइ तथा मायाको चिनो दिई सम्मान गरिएको हो । गौशाला नगर सुनचाँदी व्यवसाय गौशाला महोत्तरीका अध्यक्ष जितेन्द्र कुमार रौनियारको अध्यक्षतामा वस्याल र थापालाई सम्मान गरिएको हो । साथै दशैं, तिहार र छठ पर्वको शुभकामना सहित सफल कार्यकालको शुभकामना सहित व्यक्त गरेका थिए । यस कार्यक्रममा रवि साह–सचिव, शम्भु साह– वरिष्ठ उपाध्यक्ष, संजय कनौजिया– सदस्य, रंजित कनौजिया– सल्लाकार, रोशन शाहशंकर, राजिव गुप्ता, मिथलेश साह लगायतका व्यापारीहरुको भेला रहेको थियो । यसै कार्यक्रममा प्रहरी निरिक्षक वस्यालले व्यापारीहरुको शान्ति,सुरक्षाको लागी कुनै पनि समयमा प्रहरी तैयारी अवस्थामा रहेको जानकारी दिए । भोलीका दिनहरुमा यँहाका वासिन्दा तथा व्यापारीहरुको हकहित र शान्ति सुरक्षाका लागी आफु तत्पर रहेको वहाँले बताए ।

 

प्रतिक्रिया