0
Shares
गौशाला : महोत्तरीको अनैठामा गएराति सर्पको टोकाईबाट एक बालक मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–२ अनैठा बस्ने मदन रामका १३ वर्षीय छोरा आकाश राम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
उनका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएकोे जनाइएको छ ।