Thursday 18th of July 2024

रौतहट : नदीले बगाउँदा बालकको मृत्यु

0 Shares

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–३ बरबोटका १४ वर्षीय बालकको चाँदी नदीले बगाउँदा मृत्यु भएको छ ।

सुकराम ठोकरको शनिबार राति चाँदी नदी तर्न खोज्दा बगाएर मृत्यु भएको उनका दाइ विक्रम ठोकरले बताए । नजिकैको गैंडाटारमा लाग्ने हाट बजारमा किनमेल गरी घर फर्किने क्रममा सिँचाइ बाँधबाट नदी तर्न खोज्दा ठोकरलाई बगाएको थियो ।

राति खोलामा पानीको बहाव ठुलो रहेकाले खोजतलास गर्दा पनि आफन्तले फेला सकेनन् । ठोकरको शव आइतबार बिहान घट्नास्थलबाट ४ किलोमिटर तल हरानी चोकछेउको बगरमा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनायो ।

प्रतिक्रिया