Thursday 30th of May 2024

भारतविरुद्धको पहिलो टी-२० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी

0 Shares

काठमाण्डाै । भारतविरुद्धको पहिलो टी-२० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको छ ।

भारतले दिएको १२५ रनको लक्ष्य इङ्ग्ल्याण्डले २ विकेट गुमाएर २७ बल बाँकी छँदै पूरा गर्यो ।

योसँगै इङ्ग्ल्याण्डले पाँच टी-२० मा एक शून्यको अग्रता लिएको छ । इङ्ग्ल्याण्डलाई जिताउन जोशन रोयले ४९ रन बनाउँदा जोस बट्लरले २८ रनको योगदान गरे ।

रोय र बट्लरले ओपनिङ गरेका थिए । यी दुई खेलाडीको बीचमा ७२ रनको साझेदारी भएको थियो । रोयले ३२ बल खेल्दा चार चौका र तीन छक्का प्रहार गरे । त्यसपछि डेभिड मलान र जोनी बेरिस्टोले नट आउट रहँदै इङ्ग्ल्याण्डलाई सहज जीत दिलाए । वेरिस्टोले १७ बलमा २६ रन बनाउँदा दुई छक्का र एक चौका प्रहार गरे ।

यसैगरी २० बलमा २४ रन बनाउँदा मलानले एक छक्का र दुई चौका प्रहार गरे । भारतका लागि युजबेन्द्र चहल र वासिङ्‍गटन सुन्दरले एक/एक विकेट लिए । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो ।

भारतको सुरुवात भने राम्रो रहन सकेन ।

प्रतिक्रिया