Thursday 18th of July 2024

सर्प डस्दा सर्लाहीमा महिलाको मृत्यु

0 Shares

सर्लाही : सर्लाहीमा सर्पले डसेर एकजना महिलाको मृत्यु भएको छ ।

बागमती नगरपालिका– १ का ३७ वर्षीया सरस्वती थापाको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

शनिवार राती साँढे १० बजेतिर वर्षा भइरहेको समयमा सर्पले डसेको थियो ।

उनलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पारिवारजनले जनाएको छ ।

प्रतिक्रिया