Saturday 20th of July 2024

एमाले प्रदेश २ कमिटीका २५ सदस्यले दिए समूहिक राजीनामा

0 Shares

जनकपुरधाम :  एमाले प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । माओवादी केन्द्र छाडेर एमालेमा गएका नेता प्रभु साहनिकटका २५ प्रदेश कमिटी सदस्यले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै सामूहिक राजिनामा दिएका हुन् ।

राजीनामा दिनेमा प्रदेश सदस्यहरू उपेन्द्र साह, मनोजकुमार यादव, कुन्दन कुसवाहा, त्रिभुवन साह, सियाराम कुसवाहा, कविता साह, रामआधार कापड, राजकुमार यादव, शिवपुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिवकुमार कापड, रामसिंह यादव, इस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, रासनारायण राय र सन्तोष मेहता छन् ।

साह एमालेको मूल नेतृत्वसँग असन्तुष्ट छन् । एमाले अध्यक्ष केपी ओलीलाई आठबुँदे माग पेस गरेका नेता साहको माग सम्बोधन नभएपछि सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् ।

गत ११ असोजमा एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै दुई सय ७३ सदस्यीय प्रदेश कमिटी बनाएका थिए । ‘हामीले नेकपाकै निरन्तरताको रूपमा बुझ्दै आएका एमालेमा हाम्रो पक्षको आममनोविज्ञान र अहिलेको वस्तुगत आवश्यकतालाई प्रतिनिधित्व गर्दै हाम्रो आदरणीय नेता प्रभु साहज्यूले राख्नुभएको आठबुँदे मागलाई नजरअन्दाज गर्ने, तर हाम्रो अनुहारको निरन्तर व्यापार गरिरहन सहमतिविना नै कमिटीमा केही मान्छेको मात्र नाम राखी हामीभित्रै भ्रम र फुटको स्थिति सिर्जना गर्ने, वरिष्ठ कमरेडहरूलाई छोडेर÷निषेध गरेर कनिष्ठलाई कमिटीमा राख्ने काम भयो । यो पार्टीको हितविपरीत छ,’ २५ जना सदस्यले दिएको संयुक्त राजीनामापत्रमा छ ।

प्रतिक्रिया