Saturday 20th of July 2024

डिजेलसहित ट्र्याक्टर प्रहरी नियन्त्रणमा

0 Shares

वीरगञ्ज : भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले डिजेलसहित ट्र्याक्टर नियन्त्रणमा लिएको छ।

प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिका २ बाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ट्र्याक्टरसहित डिजेल नियन्त्रणमा लिएको हो।

ना ३ त २५६६ नम्बरको ट्र्याक्टरमा लोड गरेर लैजान लागिएको ७० लिटर डिजेल प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए।

नियन्त्रणमा लिइएको डिजेलसहित ट्र्याक्टरलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको खनालले बताए।

प्रतिक्रिया