Saturday 20th of July 2024

मधेसका चर्चित गायक यादवको निधन

0 Shares

महोत्तरी : मधेसका चर्चित गायक सावन कुमार यादवको निधन भएको छ । सिरहाको लहान नगरपालिका २२ घर भएका गायक यादवको आज अल्पआयूमै निधन भएको हो ।

बिरामी परेका यादव डाक्टरको निगरानीमा उपचार गराइरहेका थिए । अन्दाजी ३५ वर्षीय यादवको निधनले उनको गाउँबासी शोकमा डुबेका छन् । उनका बुवा बिन्देश्वर यादव वडाध्यक्ष हुन् ।

यादव सयौं मैथिली गित गाएका छन् । उनको कैयौं गित सामाजिक सञ्जालमा भाइरल छन् । ‘प्रेम हम करबे करब, अहि स सजनी‘ कहि दियौं बाबु के करब हम मगनी’ जस्ता उनका कैयौं गित लोकप्रिय बनेको छ ।

प्रतिक्रिया