Thursday 18th of July 2024

औरही नगरपालिकामा भई रहेको रिले अन्सन कार्याक्रम स्थगित ।।

0 Shares

महोत्तरीको औरही नगरपालिकामा भई रहेको रिले अन्सन कार्याक्रम दशै, तिहार र छठ पर्व महान चार्डपर्व भोलीदेखी पर्ने भएकोले कार्तिक ३ गतेसम्म स्थगित गरिएको छ । विगत १६ दिनदेखी विरोधमा रहेको आन्दोलन तत्कालकोलागी स्थगित गरिएको र पुनः ३ गते पछि १५ बँ्ुदे मागसहित रिले अन्सन चालुरहने दरेश यादवले बताए । औरही नगरपालिकामा भएको अनिमियताको विरोधमा विरोध गरेपनि औरही नगरपालिकाका नगरप्रमुखले कुनै किसिमको चासो नदेखाएको कारण हामी रिले अन्सन गर्न वाध्य भएको यादवले बताए । यादवले आन्दोलनमा शत्तिको प्रयोग गरी आन्दोलन विथोल्ने प्रयास गरे पनि हामी आन्दोलनकारी पछि नहटने यादवले बताए । हामीले माग गरेको १५ बुँदे माग पुरा नहुनुजेल आन्दोलन जारी रहने यादवले बताए ।

 

प्रतिक्रिया