Saturday 20th of July 2024

भारतबाट १० लाख मात्रा कोभिसिल्ड खोप आउँदै

0 Shares

काठमाडौं ःभारतसँग खरिद गरिएको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाल आइपुग्ने भएको छ । गत फागुनमा खरिद गरिएको १० लाख मात्रा खोप ६ महिनापछि शनिबारसम्म आउन लागेको हो ।

भारतको सेरम कम्पनीबाट खरिद गरिएको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा खोप आइसकेको छ। नेपालले भारतसँग प्रति मात्र चार डलरका दरले २० लाख मात्रा खोप खरिद गर्ने संझौता गरेको थियो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले केहि दिनमै खोप आउने बताए । उनले भने, ‘ठ्याक्कै यहिदिन आउने भन्ने छैन । तर, केहिदिनमै भारतबाट १० लाख मात्रा खोप आउँछ ।’

प्रतिक्रिया