Tuesday 11th of February 2025

अनुगमनको डरले गौशाला बजार बन्द ।

0 Shares


नागेन्द्र साह, गौशाला । महोत्तरी जिल्लाको गौशाला नगरपालिका  वडा नं. ५ स्थित बजार आज पूर्णरुपले बन्द भएको छ ।

दिउँसो बजार अनुगमन टोली आई पसलहरु चेकजाँच गर्ने हल्लाले बजारका व्यापारीहरुले आ–आफ्नो पसल पूर्णरुपले बन्द गरेको छ ।

लगातार विभिन्न ठाउँहरुमा चेकजाँचको क्रम तिब्र हुन थालेपछि गौशाला बजारका व्यापारीहरुले हल्लाको भरमा पसल बन्द गरेको हुन ।

बजार बन्द हुँदा रेडियो रुपान्तरका संचारकर्मीसंग गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साहले भन्नुभयो हात्ती आयो हात्ती आयो भुस्सा भने जस्तै आफुलाई यस विषयमा अधिकारीक सूचना नआई, आफुलाई केही जानकारी नभइ आ–आफैे व्यापारीहरुले पसल बन्द गरेको बताउनुभयो ।

प्रतिक्रिया