Thursday 6th of February 2025

गौशालाका २ हजारभन्दा बढिलाई कोरोना विरुद्धको भ्याक्सिन लगाईयो ।।

0 Shares

गौशाला / महोत्तरीको गौशाला नगरपालिकाले २ हजारभन्दा बढि व्यक्तिलाई कोरोना भाईरस विरुद्धको भ्याक्सिन निःशुल्क रुपमा लगाईएको छ ।

गत फागुन २३ गतेदेखि शु्रु भई फागुन २७ गतेसम्म नगरपालिकाको विभिन्न स्थानमा संचालित नेपाल सरकारकोे खोप कार्यक्रम अन्र्तगत दोस्रो चरणका अभियानमार्फत २ हजार ९६ जनालाई कोरोना भाईरस विरुद्धको खोप दिईएको हो ।

नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रगास महतोका अनुसार सो अवधिमा ६५ बर्षभन्दा बढि उमेर समुहका व्यक्तिहरुलाई निःशुल्क रुपमा खोप लगाईएको हो । प्राथामिक स्वास्थ्य केन्द्र गौशाला सहित स्वास्थ्य चौकी रामनगर, स्वास्थ्य चौकी वेलगाछी, स्वास्थ्य चौकी निगौल, स्वास्थ्य चौकी लक्ष्मिनियाँ, स्वास्थ्य चौकी भरतपुर र स्वास्थ्य चौकी फुलकाहामा शिविरको आयोजना गरि सो खोप दिईएको स्वास्थ्य संयोजक महतोले जानकारी दिनुभयो ।

व्यक्तिगत परिचयपत्र सहित आएकालाई निःशुल्क रुपमा खोप लगाईएको गौशाला नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया