हल्लाको भरमा महोत्तरीका वजारहरु विगत तीनदिनदेखि बन्द ।।

महोत्तरी/ प्रादेशिक कर कार्यालय पथलैया वाराबाट स्थानिय पसलहरुमा अनुगमन गर्नका लागि टोली आउने हल्लाको पछि लागेर महोत्तरीका प्रमुख व्यापारी केन्द्रहरु पूर्ण रुपमा बन्द भएका छन ।

कर कार्यालयका टोली अनुगमनमा आउने खबर एकाएक भाईरल भएपछि जिल्लाका गौशाला, औरही, रामगोपालपुर र भंगहाका व्यापारीहरुले पसल बन्द गरि विरोध जनाएका हुन ।

स्थायी लेखा नम्बर लिएका तथा करविजक लिएका व्यापारीहरुले कर छली गर्दै आएको गोप्य सुचनाको आधारमा टोली अनुगमनमा निस्किएपछि व्यवसायीहरुले पसल बन्द गरिएको हो । जसअन्र्तगत आज तेस्रो दिन पनि यहाँका प्रमुख व्यापारी केन्द्रहरु पूर्ण रुपमा बन्द भएका छन । जसका कारण वजार भर्नका लागि आउने सर्वसधारणहरु रितै हात घर फर्किनु्पर्ने बाध्यता भएको छ ।

यता अनुगमनमा खटिएका टोलीलाई स्थानिय व्यापारी व्यवसायीहरुले पारदर्शी रुपमा चेकजाँचमा सहयोग गरिनुपर्ने गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साहले बताउनुभयो । यसरी पसल बन्द गर्दा सेवाग्राहीहरु प्रत्यक्ष रुपमा प्रभावित हुनुको साथै कोरोबार समेत चौपट हुने भएकोले सहयोगीको भुमिका निर्वाह गरि कारोवार गर्नका लागि अध्यक्ष साहले सर्वसधारणमा अनुरोध गर्नुभएको छ ।

यसभन्दा अगाडि पनि स्थानिय व्यापारीहरुलाई कारोबारको सम्बन्धमा प्रशिक्षण दिदै आएको र अगामी दिनमा कारोबारीलाई प्रशिक्षणको व्यवस्था दिलाउने अध्यक्ष साहले बताउनुभयो ।

प्रतिक्रिया