Wednesday 15th of January 2025

मंगोलियामा धुलोसहितको आँधीबेहरी, ६ जनाको मृत्यु

0 Shares

एजेन्सी । मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिम आँधीमा परी गत एक हप्ताभित्र कम्तीमा छ व्यक्तिको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले सोमबार जानकारी दिएको छ ।

उक्त आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ । दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच व्यक्तिको मृत्यु भएको र आँधीबेहरीका कारण मध्यपश्चिमी प्रान्त अर्खनाईमा एक पाँच वर्षको बालकको मृत्यु भएको बताइएको छ ।

हराइरहेको व्यक्तिको खोजी भइरहेको पनि नेमाले जनाइएको छ ।  आँधीबेहरीमा कैयौ प्रान्तहरु र विशेषगरी डण्डगोभी प्रान्तमा विद्युतीय लाइनहरु काटिएको जनाइएको छ  । मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिमआँधी प्रायः आउने गरेको पाइन्छ  । –सिन्ह्वा

प्रतिक्रिया