काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ ।
मस्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
अस्पतालले विज्ञप्ति जारी गरी नेता जोशीबारे आएका खबर झुटो भएको जानकारी दिएको छ । अहिले भेन्टिलेटरमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस नर्भिक इन्टरनेसनल हस्पिटलमा मस्तिष्काघात भई उपचार गराइराई रहनु भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।’