बर्दिबासमा तौलपुल सचालनमा, बढी मालसामान लोड गर्ने गाडीलाई कार्वाही हुने

गौशाला ः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले तोकिएको भन्दा बढी भार बोक्ने सवारी साधनलाई कारबाही हुने भएको छ ।

सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्ययोजना अनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौलपुल निर्माण भई सञ्चालनमा आइएकोले विभागले जनाएको छ ।

चैत १५ गतेपछि सवारी साधनहरूले तोकिएभन्दा बढी भार बोकी सडकमा सञ्चालन गरेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार व्यवसायी नै हुने विभागको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार