प्रदेश २ ः यातायात कार्यालयबाट २ जना दलाल पक्राउ

सिरहा । प्रदेश २ का यातायात व्यवस्था कार्यालय लहानबाट दुईजना बिचौलिया पक्राउ परेका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल नेतृत्वको टोलीले अनुगमनको क्रममा दुई विचौलियालाई पक्राउ गरेको हो । सहज रुपमा काम गराइदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त रकम लिएपछि दुबैजनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका बिचोलियाको पहिचान प्रशासनले सार्वजनिक गरेको छैन् । तर उनीहरुमाथि कारबाही गरिने प्रजिअ कणेलले बताए । कर्मचारी वा अन्य व्यक्ति बढी रकम मागेमा जानकारी गराउन प्रजिअ कणेलले सेवाग्राहीसंग आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार