
काबुल । अफगानिस्तानमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट सहित ९ जनाको मृत्यु भएको छ।
मैदान वरदक प्रान्तमा बुधवार राति सेनाको एउटा विशेष हेलिकप्टर दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अवतरणको बेला दुर्घटना हुँदा ४ चालक दलका सदस्य र ५ सुरक्षाबलका जवानको मृत्यु भएको हो।
विमान दुर्घटना बाहेक अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोटका खबर पनि सार्वजनिक भएका छन्। एक सरकारी बस लक्षित विस्फोटमा ३ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते छन्।
प्रतिक्रिया