
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने दावी गरेका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै महामन्त्री कोइरालाले कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बन्ने दावी गरेका हुन् ।
उनले एक हप्ता भित्रै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताए ।
‘हामी छलफलमै छौं । एक हप्ताभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछौं’, कोइरालाले भने ।
महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीसंग कांग्रेसले राजनीतिक सहकार्य गर्ने कुनै सम्भावना नरहेको भन्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर राजनीतिक निकास दिनुपर्ने बताए ।
प्रतिक्रिया