Friday 20th of September 2024

प्रदेश २ स्तरीय प्रथम डान्स आईडल चैत १४ बाट

0 Shares

घनश्याम बलम्पाकी, लालबन्दी । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको प्रदेश २ स्तरीय डान्स आइडल यहि चैत १४ गतेबाट सुरु हुने भएको छ ।

सस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उदेश्यले सर्लाहीको लालबन्दीमा २ नम्बर प्रदेश स्तरीय प्रथम नृत्य प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा स्थानीय कला सस्कृतिलाई स्थान दिईने आयोजकले जनाएको छ ।

प्रतियोगिताले २ नम्वर प्रदेशमा रहेका प्रतिभा तथा कला संस्कृति उजागर गर्ने आयोजकको विश्वास छ । आयोजक संस्था असंथुपिका कला केन्द्रका अध्यक्ष संजय बलम्पाकी मगरले प्रतियोगिताबाट कला सस्कृतिको जगेर्ना हुनुका साथै २ नम्बर प्रदेशको पर्यटन प्रवद्र्धन भाषिक एकतामा टेवा पुग्ने बताए ।

२ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा गतबर्ष नै पहिलो चरणको छनौट अडिशन भैसकेको छ । अब चैत १४ गते वीरगंज, २१ गते बर्दिवास र २८ गते लालबन्दीमा अडिशन हुने आयोजकले जनाएको छ ।

तीन स्थानमा हुने अडिशनमा हजार भन्दा बढीको संख्यामा प्रतियोगीलाई सहभागी गराइने कार्यक्रम संयोजक दीपक आले मगरले जानकारी दिए । २ नम्बर प्रदेशको ‘डान्स आईडल’ ले उपाधी सहित स्कुटर, दोस्रो हुनेले उपाधी सहित ५० ईन्चको टिभि र तेस्रो हुनेले उपाधी सहित ल्यापटप पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ ।

कार्यक्रम संचालनको लागि विभिन्न स्थानिय तथा राष्ट्रिय ब्यापारिक कम्पनीसँग सहकार्य गरिएको उनीहरुको भनाई छ । कार्यक्रम संचालनको लागि स्थानिय बिकल्प कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सर्लाही टिभि घर, आर. बि आईटी स्र्टोस र सुजुकी मोटर्सलगायतले आर्थिक सहयोग गरेको आयोजक असंथुपिका कला केन्द्रले जनाएको छ । अन्य प्रयोजकको समेत खोजी भैरहेको आयोजक यूपि आले मगरले बताए ।

प्रतियोगिताका ‘डान्स आईडल’ लाई काठमाण्डौमा रहेको म्युजिक भिडियोमा कामगर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ । २ नम्बर प्रदेशकै गौरवको रुपमा आयोजना गरिएको कार्यक्रमको अनुमानित लागत ५० लाख रहेको कार्यक्रम म्यानेजर बालकृष्ण दर्लामीले बताए ।

चैत १४ गतेबाट अडिसन संचालन गरेर जेठ महिनाको अन्तिम सम्ममा प्रदेश २ को ‘डान्स आईडल’ छनौट गरिसकिने आयोजक समितिका सल्हाकार बिजय पुलामीको भनाई छ ।

प्रतिक्रिया