Monday 13th of January 2025

रामगोपालपुरमा पार्टी कार्यालय र नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

0 Shares

गौशाला – महोत्तरीको रामगोपालपुर नगरपालिका वडा – ५ रामगोपालपुरमा नागरिक आरोग्य सेवा केन्द्रको आज उद्घाटन गरिएको छ ।

उक्त केन्द्रको उद्घाटन गर्दै पुर्व शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले आम नागरिकको स्वास्थमा सहज पहुँच र्पुयाउनका लागि आरोग्य केन्द्र स्थापना गरिएको बताए ।

उहाँले रामगोपालपुर नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापनाले स्वास्थ सेवाको प्रभाबकारी र स्तरिय सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गरे ।

महोत्तरी जिल्ला आयुर्वेद स्वास्थ केन्द्रको आयोजनामा भएको उदघाटन समारोहमा रामगोपालपुर नगरपालिका नगर प्रमुख अशोक कुमार मण्डल, उप प्रमुख सिता देवी साह जिल्ला आयुर्वेद स्वास्थ केन्द्रका प्रमुख नन्दकिशोर कुशवाहाले शुभकामना दिए ।

रामगोपालपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालेंद्र मण्डल, प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्ण, नगरपालिकाका स्वास्थ संयोजक अछेलाल दास, नगरपालिकाका स्वास्थ स्वयंसेवीका, नगरपालिकाका कर्मचारी, नगर बासीहरु लगाएतको सहभागीता रहेको उदघाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले स्वागत गरेका थिए । साथै रामगोपालपुर नगरपालिका वडा – ५ मा नेपाल कम्युनिष्ट पार्टी कार्यालयको पुर्व शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेल द्वारा उदघाटन भएका थिए।

प्रतिक्रिया