Thursday 7th of November 2024

कञ्चनपुरका CDO महतोलाई सामाजिक सञ्जालमा ‘धोती सीडीओ’ लेखिएपछि …

0 Shares

कञ्चनपुर- कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडीओ) रामकुमार महतोलाई ‘धोती सीडीओ’ लेखिएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको छ। राज हर्ष नामक युवकले फेसबुकमा सीडीओ महतोलाई ‘यो धोती सीडीओको राज चल्छ र हाम्रो महेन्द्रनगरमा’ भनेर फेसबुकमा स्टाटस लेखेपछि सामाजिक सन्जाल फेसबुकमा चौतर्फी विरोध भएको हो।

राज हर्ष नामक युवाले यस्तो स्टाटस लेख्दा पनि कञ्चनपुरका सिडीओ महतोले सभ्य र शालिन भाषामा फेसबुकमा लेखेका छन्,–‘हाम्रो संस्कार! म आफ्नो ह्दय छोटो पारेको होइन। साम्प्रदायिक विषय पनि होइन।

हामी सबै नेपाली दाजुभाई दिदी बहिनी हौँ। मिलेर बस्नु पर्छ। यस्तो टिप्पणीबाट एक नेपालीले अर्को नेपालीलाई हेर्ने दृष्टिकोण फरक पार्नु हुन्न। स्टाटस लेख्ने व्यक्ति सेवाग्राहीको रुपमा म कहाँ आउनु भयो भने पनि ससम्मान सेवा उपलब्ध गराउँछु नै। कृपया कसैले यसलाई अन्यथा नलिनुहोला। भोलिको दिनमा अझ निष्ठापूर्वक सेवा गर्ने प्रेरणा मिलेको छ।’

फेसबुकमा यसरी जातिय तथा समप्रदायिक रुपमा व्यक्तिमाथि आच र खलल पुग्ने गरि सामाजिक सन्जालमा लेख्ने व्यक्तिलाई सामाजिक सन्जालमा कारवाहीको माग गरिएको छ। आगामी दिनमा यस्ता कार्य गर्नेलाई हदैसम्मको कारवाही गर्न समेत सामाजिक सन्जालमा भनिएका छन्। सन्तोष शाह सामाजिक संन्जालमा लेख्छन्,‘यस्ता अशव्द, फोहोर स्टाटस लेख्नेलाई छिटो भन्दा छिटो कारवाही होस।’ यस्तै विजय पौड्लले यस्ता निकृष्ट सोच पाले जन्तुहरु सरको कामपछि अलप हुने छन् लेखेका छन्।

प्रदेश नम्बर २ को धनुषा जिल्लामा रहेको मिथिला नगरपालिका बस्ने सीडीओ रामकुमार महतोले २०७७ भदौदेखि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका हुन्।

प्रतिक्रिया