नागरिकता सिफारिस गर्दा A4 साईज अनुसूची अनिवार्य

गौशाला – नयाँ नागरिकता तथा नागरिकताको प्रतिलिपि सिफारिस गर्दा एफोर साईज नागरिकता अनुसूची फाराम मात्र प्रयोग गर्न ईलाका प्रशासन कार्यालय गौशाला महोत्तरीले अनुरोध गरेको छ । गृहमन्त्रालयको पत्राचार अनुसार प्रशासन कार्यालय नागरिकता सिफारिस गर्दा एफोर साईजमा मात्र प्रयोग गर्न प्रशासन कार्यालयले आग्रह गरेको हो ।

कार्यालयका अनुसार वडा कार्यालयबाट नागरिकता सिफारिस गर्दा वंशज खुल्ने कागजात, जन्ममिति र स्थान खुल्ने महत्वपूर्ण कागजात एफोर साईजमा मात्र प्रयोग गर्नुपर्नेछ ।

आइतबार सूचना जारी गर्दै ईलाका प्रशासन कार्यालयले एफोर साईजमा नभएका कागजातका आधारमा सेवा प्रवाह नहुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार