Monday 13th of January 2025

२ दिवसीय अन्तराष्ट्रिय कवीर सम्मेलन सम्पन्न

0 Shares

फुलगेन मगही, सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालीका वार्ड नम्बर ४ मा भव्यताको साथ  कवीर सम्मेलन भएको छ ।

कार्यक्रमको उदघाटन विशिष्ट  अतिथि जोगिन्दर साहेब ,राम दशा साहेब , संत सत्यनारायण आलोक लगायतका व्यक्तिले दिप प्रजज्वलन र ब्यानर पढी  गरेका थिए । पहिलोदिनको शत्रमा परिचय पात्र भएको थियो भन्ने  भन्ने रात्रिकालीन प्रस्तुतिमा जनचेतना मूलक कवीर लिला देखाएको थियो । दोस्रो दिनको शत्रममा अनेक साधु सन्तले आ-आफ्नो प्रवचन सुनाएको थियो ।

यसै क्रममा साधु  सन्तले प्रवचन गर्दै भन्नु भोदेशमा राष्ट्रिय जनगनना नजिकिएको र कवीर पन्थका साधुसन्त धेरै भए पनी सरकारले यस धर्मलाई लेखाजोखा नगरेकोले सरकारको लिस्टमा देखाउन र आफ्नो धर्म प्रति सचेत रहनको लागि  राष्ट्र स्तरीय कवीरपन्थ जनचेतना मूलक अभियानको रुपमा थालनी गरेको संत सत्यनारायण आलोकले बताए ।

कार्यक्रममा बोल्दै घिसिङ गिरी साहेबले भन्ने यो समयमा यदि हामीले आफ्नो पहिचानलाई दर्ज गराउन सकेन भन्ने सरकारको लिस्टबाट पछि पर्ने भन्दै भन्नु भो आउँदो जनगननामा भाषाको कोलाममा   मगही र धर्मको कोलममा कवीर पन्थ लेखाउन आग्रह गरे । कार्यक्रको व्यवस्थापन दिलिप कुमार यादव, प्रजित कुमार यादव, विजली यादव लगायतका व्यक्तिले गरेको थियो भन्ने कार्यक्रमकाे आयोजक काल्यानपुर नगरपालीका -४ डडौल ले गरेका थिए ।

प्रतिक्रिया