
गौशाला / महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशाला बजारमा जहाँतही सवारीसाधन पार्किङ गरेपछि यात्रुहरुलाई गन्तव्यतर्फ जानका लागि सास्ती भोग्नुपरेको छ । वजार भर्नका लागि आउनेहरु आफनो सवारीसाधनलाई मनपर्दी रुपमा पार्किङ गर्दा किनमेल गर्न आउनेहरुलाई बाटो काटनका लागि अप्ठयारो भएको छ ।
जथाभावी पार्किङ्गले सर्वसाधारणलाई सास्ती ।।
सोमबार र विहिबार लाग्ने गौशालाबजारमा ट्राफिकको हेरचार नभएपछि जथाभावी पार्किङ्गले सर्वसाधारणलाई हिडन पनि सास्ती भएको स्थानीय रामकेवल साह बताउनुहुन्छ । नो पार्किङका ठाउँमा पनि ट्राफिक नियमको धज्जी उडाउँदै रिक्सा, मोटरसाईकल, भ्यानलगायतका सवारी साधन जताततै पाकिङ्ग गर्नाले समेत दुर्घटना निम्त्याउने गरेको साहको भनाई रहेको छ । व्यवस्थित पाकिङको सुविधा नहुदा जथाभावी सवारीसाधनको पार्किङले व्यापारिक रुपमा चिनिने गौशाला नगरपालिका कुरुप बन्दै गएको स्थानीय व्यापारीहरुले बताउनुहुन्छ ।
बजारक्षेत्रमा ३ जना विना हेलीमेट नलगाई निर्धक्क चढनु, आवश्यक भन्दा तेब्बर स्पिडले मोटरसाईल हाक्नु, कम उमेरका वालवालिकाहरु मोटरसाइकल हाक्नुजस्ता घटना ट्राफिकको नजर पर्न सकेको छैन । ट्राफिक प्रहरी मुखदर्शी बनेकै कारण विभिन्न समयमा सवारी दुर्घटना हुने गरेको पाईएको छ ।
यता सडकको अवस्था निकै नै कमजोर हुनु, सडक हिलोमय तथा धुलोमय भएतापनि समयमा मर्मतका लागि निगरानीको अभाव खडकिएको छ । यस्ता अवस्थामा दिनहु घटना नघटे पनि भविष्यमा ठूलै घटना हुनसक्नेमा दईमत छैन ।
वजारमा ट्राफिक प्रहरीको निगरानी छैन
वजारक्षेत्रमा अधिकांश समय ट्राफिक प्रहरीको निगरानी छैन । जसको कारण मुख्य सडकमा जथाभावी पाकिङ्गको अभाव र फितलो ट्राफिक व्यवस्थापनको कारण दैनिक कार्यालय आवतजावत जाने समयमा अव्यवस्थित गाडीहरुको लामो लर्कोले अधिकांशहरु परेशान रहेका हुन्छ ।
प्रायः विहानको समयमा धुलो र गाडीको चर्कोे आवाजले बालवालिकाको पढाईमा असर पार्नुको साथै वाटोछेउमा बसोवास गर्नेहरुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्दा पनि ट्राफिक प्रहरी भने मुखदर्शी बनेको छ । टिफरले गर्दा बजारका अधिकाश सडक भन्ने जिर्ण अवस्था बन्दै गए पनि गौशाला नगरपालिकाले त्यसको विकल्प खोज्न सकेको छैन ।
ट्राफिक प्रहरी राजश्व उठाउनमा व्यस्त
गौशाला नगरपालिका बजारक्षेत्र अस्तव्यस्त भए पनि महोत्तरी ट्राफिक प्रहरी हाइवेमा केन्द्रित भएका छन् । राजश्व बढाउने होडमा प्रहरीले बजार क्षेत्रमा सर्वसाधारणले खेप्नु परेको सास्तीलाई बेवास्ता गर्दै हाइवे क्षेत्रमा केन्द्रित भई सवारी चेकिङमा व्यस्त भएको पाईएको छ । हाइवेमा कडा चेकिङको बाबजुद दुर्घटनामा भन्ने सुधार नभएको स्थानीयहरुको भनाई छ । हेल्मेट विना सवारीसाधन चलाउने, लाइसेन्स,ब्लुबुक नभई सवारी साधन चलाउनेलाई गत २०७६ माघ ११ गते नेपाल प्रहरीको सहयोगमा विभिन्न नाकाबाट दिनभरि चेकजाँच गरी कम्तीमा पनि ३०० सवारीसाधनलाई नियन्त्रणमा लिई जरिवाना तिराई छाडेका थिए । हेल्मेट विना सवारी दुर्घटना हुँदा ज्यान नै जान सक्ने सुचना जनजनमा पुर्याउनका लागी सो अभियान संचालन गरेका थिए । तर पछिल्लो समयमा आएर दिनहँु सवारी दुर्घटनाको क्रममा बृद्धि भएपनि ट्राफिक प्रहरी भन्ने हाइवे असुलीमा व्यस्त रहेको छ ।
महोत्तरीको गौशाला बजारक्षेत्रमा बाटो अवरुद्ध गरी जथाभावी गर्दा बजारका अधिकांशबाटोमा जाम लाग्ने गरेको छ भने गौशालामा रहेको ट्राफिक भने माइस्थानको जङगलमा, वडा नं. २ मा पर्ने रेडक्रस टोल भन्दा २०० मी. अगाडी बसी असुली धन्दा बेस्त रहेका छन ।
प्रतिक्रिया