Thursday 6th of February 2025

प्रियंका चोपडाले भनिन्, ‘मस्जिदमा गीत गाउँथे पिता’, भइन् ट्रोल

0 Shares

एजेन्सी : बलिउड नायिका प्रियंका चोपडाले ओपरा विन्फ्रेसँगको आफ्नो अन्तरवार्तामा उनका पिता अशोक चोपडाले मस्जिदमा गीत गाउने गरेको बताइन् । प्रियंकाको यो अन्तरवार्ताका झलक सोसल मिडियामा आइसकेका छन् र अब प्रोमो भिडियामा उनले भनेको कुरालाई लिएर उनलाई ट्रोल गरिँदैछ । सोसल मिडियामा प्रियंकाका यस्ता थुप्रै फलोअर्स छन् जसले उनको यो जानकारीमाथि प्रश्न उठाएका छन् ।

प्रियंकाले उक्त अन्तरवार्तामा आफ्नो किताब अनफिनिस्ड, आफ्नो वाल्यकाल र अन्य विभिन्न मुद्दाबारे कुराकानी गरेकी छिन् । अन्तरवार्तामा जब ओपराले प्रियंकाले वाल्यकालमा पाएको आध्यात्मिक जगबारे सोध्दा नायिकाले भनिन्, ‘मलाई लाग्छ कि भारतमा अध्यात्मसँग नजोडिनु निकै मुश्किल छ । तपाईंले ठिक भनिरहनुभएको छ । हामीलाई विभिन्न धर्मले घेरेको छ, यो त्यहाँका मानिसहरुमा सम्मिलित छ ।’

पिता मस्जिदमा गाउँथेः प्रियंका

नायिकाले भनिन्, ‘म एक कन्वेन्ट स्कूलमा पढेँ, जब म स्कूल गएँ त्यहाँ मैले क्रिश्चियानिटी बारे थाहा पाएँ । मेरा पिता एक मस्जिदमा गाउने गर्दथे, मलाई इस्लामबारे थाहा भयो, म हिन्दु परिवारमा हुर्केँ–बढेँ त्यसैले यसबारे पनि मलाई थाहा भयो । त्यसैले यस्तो प्रकारको आध्यात्म भारतको एउटा ठूलो हिस्सा हो जसलाई तपाईं नजरअन्दाज गर्न सक्नुहुन्नँ ।’

सोसल मिडियामा प्रशंसक अब यसका लागि प्रियंकालाई प्रश्न उठाइरहेका छन् ।

यस्तो थियो मानिसहरुको प्रतिक्रियाः

एक प्रयोगकर्ताले रोचक जिफ पोस्ट गर्दै लेखे, ‘के उनले उनका पिता मस्जिदमा गाउँथे भनेर भनेकी हुन् ?’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘वाह, मस्जिदमा गीत गाउने अनुमति हुन्छ ? यो त मलाई थाहा नै थिएन । बहिनी के तिमी आफ्नो संघर्षबारे थप केही भन्न सक्छौ ?’

एक प्रयोगकर्ताले कटाक्ष गर्दै भने, ‘प्रियंकाका पिता मस्जिदमा गीत गाउने गर्दथे । साँच्चै ? मलाई त्यो मस्जिदको नाम बताइदिनुस् प्लिज ।’

प्रतिक्रिया