नगरप्रमुखद्वारा कल्भर्टको शिलान्यास ।।

गौशाला / महोत्तरी, गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले आईतबार कल्भर्टको शिलान्यास गर्नुभएको छ । आईतबार एक समारोहकाबीच नगरस्तरीय योजनामार्फत वडा नं. ९ अवस्थित डुमरियामा सो कल्भर्टको शिलान्यास सम्पन्न भएको हो ।


२३ लाख ६२ हजार रकममार्फत निर्माण हुने सो कल्भर्टको लम्बाई ६ मिटर रहेका छन भने चौडाई ४ मिटर रहेको वडा नंं ९ का सचिव उमाकान्त महतोले बताउनुभयो । सो रकमबाट सो कल्भर्ट निर्माण गर्नुको साथै रसुलटोल देखि फुलकाहाको जीर्ण सडकलाई स्तरोन्नती गर्नुपर्ने भएको वडासचिव महतोले जानकारी दिनुभयो ।
अगामी वैशाख मसान्तसम्ममा सो दुवै काम सम्पन्न हुने गरि कामकाज गर्ने उपभोक्ता समितीका अध्यक्ष राधेश्याम भगतले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार