सम्सी – महोत्तरीको सम्सी गाँउपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालय पर्सा देवाडमा विद्यार्थीले तालावन्दी गरेको विद्यालयको परिसर तास खेल्ने अडडा बन्दै गएको छ । शिक्षकहरु नियमित रुपमा पठनपाठन गराउनुपर्ने, गुणस्तरीय शिक्षा लागु हुनुपर्ने माग गर्दै विद्यार्थीहरुले तालाबन्दी गरिएको विद्यालय परिसर तास खेल्ने अडडा बन्दै गएको छ ।
तालाबन्दी भएको आज दोस्रो दिन दिउँसोको समयमा स्थानिय तीन जना युवा र एक जना वृद्ध तास खेल्दै गरेको अवस्था फेला परेको हो । चारैतिरबाट खुल्ला रहेको सो विद्यालयको हाताभित्र खुल्ला रुपमा दिसा गरेको पाईएको छ भने वीच चौरमा खाली वियरको वोतल फेला परेको हो । त्यस्तै विद्यालयको चौर गाईवस्तुको चरणको रुपमा परिणत भएको छ ।
निजी स्रोतमा खटिएको सो विद्यालयका ३ जना शिक्षकहरु समयमा तलब उपलब्ध नभएको भन्दै नियमित रुपमा पठनपाठन नगराउदा बाध्य भएर विद्यार्थीहरु तालाबन्दी गरिएको हो ।
कोरोनाकालमा बन्द भएको समुदायिक विद्यालय अहिले केही महिनादेखी शुचारु भएको तर राजनितीक चलखेलका कारण विद्यालयमा नियमित रुपमा पठनपाठन अवरुद्ध हुनु दुखद भएको स्थानिय राजेश यादवले बताएका छन । यसै गरी पोहोर पनि सोही विषयलाई लिएर तालाबन्दी गरि प्रमुख सडक समेत अवरुद्ध गरेको स्थानिय यादवले जानकारी दिनभयो ।
सोही क्रममा स्कूलको पछाडी पट्टी रहेको भवनको बरण्डामा बसी चार जनाले तास खेलिरहेको अवस्थामा भेटेपछि सम्सी प्रहरी चौकीबाट आएका प्रहरी टोलीले स्कूलको प्रमुख गेट अगाडि चौतारीमाथि बसी खेलिरहेको र परिसर भित्र खेलीरहेको टोलीलाई पक्रिन खोज्दा गहुको खेतहुदा हुदै भगाभग भएका थियो । मुसलिम सम्ुदायको बाहुल्यता को कारण तास खेली रहदा पटक पटक स्कुलको प्राङ्गण बसी तास नखेल भन्दा पनि उल्टै शिक्षकहरुमाथि नै रिस पोख्छन ।
यस विषयमा शिक्षकसंग सोधपुछ गर्दा वडा अध्यक्ष शेष मक्सुदले कुनै चासो नलिएको र अपशब्द प्रयोग गरि हेप्दै आएको स्थानिय शिक्षकहरुले गुनासो गरेका छन । यस अघि वडा नं. २ वडा अध्यक्ष शेष मक्सुद गाउँपालिकाका कर्मचारी आलोक यादवलाई ‘तेरो बाउको गाउँपालिका हो काम गर्नु छ भने काम गर नभई यहाँबाट जा’ जस्ता अपशब्द समेत प्रयोग गरी गालीगलौज गरेका थिए । सामाजिक सुरक्षाको विषयमा सोधपुछ गर्दा आफुलाई वडाअध्यक्षले अपमानित शव्द प्रयोग गरेको यादवले बताउनुभयो । वडा अध्यक्षमा निर्वाचित भएलगतै शेख मक्सुदले विभिन्न समयमा कर्मचारीमाथि अपमानित शब्द प्रयोग गर्दै अपहेलना गर्दै आएका छन ।
सो विद्यालयमा कार्यरत उक्त शिक्षकहरुको तलब विगत १५ महिनादेखि पाउन नसक्दा विद्यार्थीहरुलाई उस्काई तालाबन्दी गराउन लगाएको सम्सी गाँउपालिकाका प्रमुख शेख फारुखले बताउनुभयो । विद्यालय परिसरमा तास खेल्ने सम्बन्धमा तुरुन्तै कारवाही प्रक्रिया अगाडि बढाईसकेको प्रमुख फारुखले जानकारी दिनुभयो । सार्वजानिक स्थानमा कानुन विपरीत गतिविधी गर्ने जो कोहीलाई पनि गाँउपालिकाले कानुन अनुसारको कारवाही गरिने गाँउपालिकाका प्रमुख फारुखले प्रतिवद्धता जनाउनुभयो ।
कक्षा १० सम्म अध्यापन हुने सो विद्यालयमा १ हजार ७ सय ३४ जना विद्यार्थीको रेकर्ड कायम भएतापनि नियमित रुपमा २ सय देखी ३ सयको हाराहारीमा विद्यार्थीहरु नियमित रुपमा उपस्थित हुने गरेको पाईएको छ ।