
राम नारायण यादव, सप्तरी । सप्तरीको बैरियाहीबाट दोहरो नागरीकता कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको बोदेबसाईन नगरपालिका–८ बैरियाहीका ३२ वर्षीय जिवछ ठाकुर रहेका छन् । सप्तरी जिल्ला अदालत राजविराजले उनीविरुद्ध २०७२ साल बैशाख ४ गते दोहरो नागरीकता कसूर मुद्दामा एक वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
अदालतको फैसलापछि फरार रहेका ठाकुर बिशेष सूचनाका आधारमा उनलाई उनकै घरबाट ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलिले हिजो सोमबार नियन्त्रणमा लिएको हो । प्रहरीले सोमबारै उनलाई सप्तरी जिल्ला अदालतामा पठाई कैद भुत्तानका लागि राजविराज कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायक उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया