0
Shares
काठमाडौं ः भारतमा कोरोनाभाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।
भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँ कोरोना भ्याक्सिनको निर्यातमा रोक समेत लगाइएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा मात्र ५३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यही समयमा भारतमा २ सय ५१ जनाको कोरोनाका कारण निधन भएको छ ।
भारतमा अब ३ लाख ९५ हजारभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यहाँ ५ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भ्याक्सिन लगाइएको छ ।
भारतमा अहिलेसम्म १ करोड १७ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, त्यहाँ १ लाख ६० हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।