महोत्तरीका पत्रकारले दिए पत्रकार र गायक लाई मायाको चिनो

महोत्तरी । महोत्तरीका पत्रकार धर्वेन्द्र कुमार यादव ‘यदुवंशीले’ व्यक्तिगत रुपमा मायाको चिनो प्रदान गरेको छ । शिरिष अनलाईन एवम खवर दर्पणका महोत्तरी जिल्ला प्रमुख सम्बाददाता यादवले सप्तरीका पत्रकार रामनारायण यादव र कलाकार तथा गायक रामवली यादवलाई पत्रकार यादवले विहीबार रेडियो रुपान्तरणको कार्यकक्षमा मायाको चिनो सहित सम्मान गरेका हुन ।

पत्रकार : रामनारायण यादव

केहि बर्ष पूर्व एकै संस्थामा काम गर्ने पत्रकार यादवलाई रुपान्तरण होली महोत्सवको अवसरमा महोत्तरीको गौशाला आएको मौका छोपी यादवद्धयलाई सम्मान गरिएको हो । पत्रकार यादवले जिल्लाकै प्रसिद्ध धार्मिक स्थल औरही नगरपालिकामा पर्ने सोनामाई मन्दिरको फोटो अंकित मायाको चिनो प्रदान गरेको हो । सम्मान पाएपछि दुबै यादवद्धय हर्षित भएका हुन ।

कलाकार तथा गायक रामवली यादव

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार