0
Shares
सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट १८ किलो गाँजा बरामद गरेको छ ।
हिजो बिहीबार जिल्लाको बलान विहुल गाउँपालिका वडा नम्वर २ बाट प्रहरीले उक्त गाँजा बरामद गरिएको हो । नेपालबाट भारततर्फ बोरामा प्याक गरी टाउँकामा बोकेर लैजादै गरेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरुले फ्याकेर फरार भएको सशस्त्र प्रहरी सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बलान खोला भएर तस्करहरुले गाँजा भारततर्फ लैजादै गर्दा प्रहरीलाई देखेपछि तस्कर भागेको उनले बताए । गाँजा राखेर विभिन्न ठाउँमा बिक्री वितरण गर्ने गरिएको बताउँदै उनले यस सम्बन्धमा तथ अनुसन्धान भइरहेको बताए ।