महोत्तरीमा टेम्पोले साइकललाई ठक्कर दिँदा एक बालक घाइते

महोत्तरी– महोत्तरी जिल्लाको जलेश्वर–बर्दिबास सडक खण्ड अन्तर्गत औरहीमा टेम्पोले साईकललाई ठक्कर दिँदा एक बालक घाइते भएका छन् ।

औरही नगरपालिका वडा नम्बर –७ सोनामाई भोईलमा प्र २.०२.००१ ह ०६६६ नम्बरको टेम्पोले ठक्कर दिँदा साइकलमा सवार सोही स्थानका अन्दाजी १२वर्षीय बालक रकि मण्डल घाइते भएका हुन ।

घाइते मण्डलको सोनासती पोलिक्लिनिकमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।

टेम्पोमा सवार रहेका १० जना यात्रुलाई समान्य चोटपटक लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार