एभरेष्ट युवा क्लव नक्टाझिजकोे २० औं साधारणसभा सम्पन्न

दिवेश कुशवाहा, धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नम्टाझिज स्थित एभरेष्ट युवा क्लव नक्टाझिजको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको अध्यक्षता एभरेष्ट युवा क्लबका अध्यक्ष बलराम महतोले गरेका थिए । प्रमुख अतिथि प्रदेश सासंद शत्रुधन महतो र विशिष्ठ अतिथिका रुपमा मिथिला नगरपालिका– २ का वाडा अध्यक्ष बिहारी महतोको उपस्थितमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँका ज्येष्ठ नागरिक र जग्गा धनी किसानलाई क्लबले दौशला ओढाइ सम्मान गरेका थिए . गाउँमा रहेका सामुदायिक विधालयका जेहेन्दार विद्यार्थीहरुलाई क्लबले पुरस्कार वितरण गरेका थिए। सो कार्यक्रममा हिमालय युवा क्लब नक्टाझिजले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरि मनोरञ्जन गराएका थिए र होली पर्वको शुभ उपलक्ष्यमा गाउको व्यक्तिहरु द्वारा होली “जोगिरा” भजन गरि उपस्थित सबैलाई मनोरंजन गराएका थिए। उपस्थित जनप्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै एभरेष्ट युवा क्लबलाई अगामी दिनमा अतिरिक्त क्रियाकलापहरु संचालन गरि युवाहरुलाई अगाडि बढाउने कार्यक्रम गर्न सुझाव दिएका थिए र हरेक कार्यक्रममा स्थानीय, प्रदेश र केन्द्र सरकार साथ रहेको वताए ।

कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सांसद शत्रुधन महतो, एभरेष्ट युवा क्लबका अध्यक्ष बलराम महतो , हिमालय युवा क्लबका अध्यक्ष अरुण कुमार महतो, जनता मावि नक्टाझिजका शिक्षक दिनेश प्रसाद महतो, नक्टाझिज खानेपानी स्वच्छता समितिका अध्यक्ष ठकाई महतो , नगरवासी तथा समाजसेवी युवाहरुको सहभागितामा साधारणसभा सम्पन्न भए ।

प्रतिक्रिया