सुरक्षित, उल्लासमय र सौहार्दपूर्ण वातावरणमा होली पर्व मनाउन ईलाका प्रहरी कार्यालय गौशालाको अनुरोध ।।

गौशाला – सुरक्षित, उल्लासमय र सौहार्दपूर्ण वातावरणमा होली पर्व मनाउने सम्बन्धमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले सम्पूर्ण नगरवासीमा अनुरोध गरेका छन् । होली कुनै किसिमको अप्रिय घटना नघटोस भनेर तल दिएको अनुसार नै होली पर्व मनाउन नगरवासीमा अनुरोध गरेका छन् ।

बिना अनुमती जबरजस्ती कसैलाई पनि रंग तथा अबिरको प्रयोग नगरौं । रंग÷होली खेल्दा कसैलाई पनि दब्र्यवहार नगरौं । अपरिचित ब्यक्तिहरुलाई अनुमति बिना रंग हालिदिने काम नगरौं । आँखा, कान जस्ता संवेदनसिल अंगहरुमा रंग तथा अबिरको प्रयोग नगरौं । मादक पदार्थ सेवन गरी होलि नखेलौं । पटका तथा पटका जन्य बिष्फोटक पदार्थहरु नपकाऔं, पड्काउन नदिऔं । अत्यधिक ठूलो आवाजमा गित बजाउने, डिजे तथा साउण्डवक्सको प्रयोग नगरौं । सुरक्षित यात्राको लागी अनिवार्य रुपमा मोटरसाइकल चलाउदा हेल्मेटको प्रयोग गरौं । मोटरसाइकलमा २ जना भन्दा बढी बसी यात्रा नगरौं । गाँजा, भा जस्ता लागु औषध जन्य पदार्थको प्रयोग नगरौं ।

चाड पर्व मनाउदा भातृत्वभाब कायम गरौं । अश्लिल तथा छाडा गितहरु नबजाऔं । मादक पदार्थ सेवन गरी सवारी नचलाऔं । कडा प्रकारका केमिकल युक्त रंगहरुको प्रयोग नगरौं । यो नियमको उल्घन गर्ने जो कोहि पनि व्यक्तिलाई कानुन अनुसारको सजायको भागी हुनेछ र अप्रिय घटना बाट बचाउनका लागी प्रहरीले यस्तो निर्देशन जारि गरिएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार