Thursday 7th of November 2024

आज तराईमा होली, नेपाल बाहेकका १० देश यसरी मनाइन्छ होली

0 Shares

गौशाला / मिथिलान्चलको घरघरमा आज धुमधामको साथ रंग र अविर एक अर्कामा लगाएर होली पर्व मनाईदैछन । प्रत्येक बर्ष फागुन शुक्ल पुर्णिमाका दिन मनाईने होली पर्व तराई मधेश लगायत मिथिलान्चलक्षेत्रको घरघरमा होली पर्व रंग लगाएर मनाईदैछ ।

हिमाली र पहाडी क्षेत्रमा हिजै होली मनाएपनि तराईक्षेत्रमा आज होली मनाईरहेका छन । हिजो जनकपुरमा अन्र्तगृह परिक्रमा सम्पन्न भएकोले आज होली मनाईरहेको छ । प्रदेश सरकार नंं २ का सरकारले आज होली पर्वको अवसरमा सार्वजानिक विदा दिईएको छ ।

सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको स्मरणमा होली पर्व मनाईने परम्परा रहेको छ । यसरी आसुरी प्रवृतिको अन्त्य र आपसी भातृत्व र सदभावको रुपमा रहेको होली पर्व संयमतापूर्व मनाउनका लागि विभिन्न सरोकारवाला निकायले आग्रह गरेका छन ।

यसैवीच कोरोनाको कहर कायम रहेको समयमा भिडभाड नगरिकन एवम स्वास्थ्यमा ध्यान पुर्याएर होली पर्व मनाउनका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेका छन ।

अन्य देशहरूमा होलीमा रौनक

अन्य चाडपर्व जस्तै होलीको पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आआफ्नै तरिकाले होली पर्व मनाइन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नाममा मनाइन्छ । अमेरिका, जापान, इजिप्ट, इन्डोनेसिया, थाइल्याण्ड लगायतका देशमा समेत होली आ–आफ्नै तरीकाले मनाइन्छ ।

 

भारत
भारतमा होली वा फगुवाका नाममा यो पर्व मनाउने गरीन्छ । भारतको गुजरात, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, बङ्गाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटक, तेलङ्गाना, आन्ध्र प्रदेश, जम्मु कश्मीर, पञ्जाब, मध्य प्रदेश र तमिलनाडुमा होलीको विशेष उल्लास रहने गरेको छ । बिहारको भोजपुरी शैलीको होली र जोगिरा गायन पूरा एसियामा लोकप्रिय छ ।

पाकिस्तान
पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मान्नेहरुले होली मनाउने गर्दछन् । पाकिस्तानमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्दै मन्दिरहरूमा भेला भएर होली मनाउने गरीन्छ ।

 

बङ्गलादेश
बहुसांस्कृतिक मुलुक बङ्गलादेशमा पनि होली पर्व मनाइन्छ । मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँने गर्दछन् । मन्दिरमा जम्मा भएका हिन्दुहरुले उल्लासका साथ होली खेल्ने गर्दछन् । बङ्गलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव रहदै आएको छ ।

 

गुयाना

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने गरीन्छ । यहाँ पानी, रङ र गीत संगीतका बीचमा होली मनाउने चलन छ । तर यहाँ भगवान् शिवको नाममा होली मनाइन्छ । त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदा समेत दिइन्छ ।

 

बेलायत
बेलायतमा बसोबास गर्ने अन्य मुलुकका नागरिकहरुले आ–आफ्नै किसिमले होली मनाउने गर्दछन् । यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर तथा कतिपय ठाउँमा टिकट बेचेर पनि होली मनाउने चलन पनि छ । भारतीय तथा नेपाली नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा सांगीतिक कार्यक्रम गरेर धूमधामका साथ होली मनाउने चलन छ ।

 

मौरिसस
भारतीय मूलका नागरिकको वर्चश्व रहेको अफ्रिकी महादेशको मौरिससमा होलीका दिन सार्वजनिक बिदा नै दिइन्छ । यहाँ होलिका दहन गरेरै होली मनाउने गरीन्छ । विशेषतः हिन्दुहरुले एक आपसमा रंग सहित मिठाई बाँडेर होली खेल्ने गर्दछन् ।

 

फिजी
फिजीमा पनि होली पर्व मनाउने गरीन्छ । विशेष रुपमा राधा र श्रीकृष्णको प्रेमभावका गीतहरू गाएर यस मुलुकमा होली मनाउने गरीन्छ । यहाँ होलीका दिनमा मात्र होइन, यो मौसम भरि नै होलीका गीतहरू गाएर यो पर्व मनाइन्छ ।

 

दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा पनि गीत गाउर्दै, नाच्दै होली पर्व मनाइन्छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा साथीभाइहरू जमघट भएर यो पर्व मनाइन्छ । दक्षिण अफ्रिकामा होलीका दिन दिनभर रंग लगाउने र साँझपख मिठाई तथा चकलेटहरू बाँडेर यो पर्व मनाउने गरीन्छ ।

 

सुरिनाम
करिब ४० प्रतिशत हिन्दू रहेको मुलुक सुरिनाममा होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ । यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने गरीन्छ ।

अमेरिका
अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ । विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजना गरेर होली मनाइन्छ । भेटघाट एवं खानपिन अमेरिकी होलीको महत्वपुर्ण पक्ष हो ।

प्रतिक्रिया