सिरहामा सवारी दुर्घटना, घाइते व्यक्तिको साथबाट पेस्तोल र गोलि बरामद

सिरहा – सिरहाको गोलबजार स्थित पुरानो चोहर्वास्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना भएको छ ।

आइतबार राति साढे ८ बजे गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाबाट पश्चिम दिशातर्फ जादै गरेको ना. ३ ख ४३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र.२ ०१ ००२ प ५४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कर्जन्हा नगरपालिका– ४ का मुकेश दास घाइते भएका थिए । घाइते दासको साथबाट २ राउन्ड गोली र घटनास्थलबाट कटुवा पेस्तोल भेटिएको प्रहरीले जनाएको छ ।

पेस्तोल र गोली बरामद भएपछि निगरानीमा दुर्घटनाका घाइते दासको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धानका भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी शालिग्राम शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार