धनुषामा हात्तीको आक्रमणमा परी वृद्धको मृत्यु

धनुषा- धनुषामा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ । मिथिला नगरपालिका–७ खप्तरी टोलका  ८० वर्षीय पदमबहादुर खप्तरी मगरको मृत्यु भएको हो ।

आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।

खप्तरी टोलको पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि स्थानीयको भागदौड मच्चिएको थियो । स्थानीयलाई उद्धृत गर्दै प्रहरीले दिएको जनकारी अनुसार त्यस हात्तीले खाद्यान्न नष्ट गर्नुका साथै १० घरमा क्षति पु¥याएको छ ।

गाउँलेहरुले जताततै आगो बालेर हो–हल्ला गरेपछि हात्ती जंगलतिर गएको थियो ।

मृतक मगरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार